दुई किट्नी फेरेको विश्वमा कुनै प्रधानमन्त्री छैन् :ओली

Posted on: 24 Jan, 2021

माघ ११, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा दुई मिर्गौला फेरेको कुनैपनि प्रधानमन्त्री नभएको बताएका छन् । आइतबार काठमाडौँमा अपाङ्गता भएका व्यक्तिहरुसँग अन्तर्क्रिया गर्दै उनले यस्तो बताएका हुन् । 

उनले आफू पनि अलि-अलि अपांग भएको बताउंदै दुई मिर्गौला फेरिपनि लोकतन्त्र बिरोधि तत्वहरु भागिरहेको बताएका छन् । उनले भने,'मैले केहि गरेको छैन । दुई किट्नी फेरिपनि लोकतन्त्र बिरोधि तत्वहरु भागि-भागि हिडिरहेका छन् ।'

अपांग होइनौ भन्ने व्यक्तिहरु मानसिक रुपमा ठुलो अपांग भएको बताउंदै उनले थपे 'त्यो अपांग डर लाग्दो छ ।' ओलीले अपाङ्गता भएका व्यक्तिहरुको हेरविचार सरकारले गर्ने बताएका छन् । 'तपाइँहरुको हेरविचार सरकारले गर्छ,तपाईलाई थाहा छ ।' उनले भने 'हाम्रो देश गरिब छ। गरिब भएपनि हाम्रो देश नागरिकका लागि कुनै कसर बाँकी राख्दैन ।' 

कार्यक्रममा बोल्दै ओलीले संसद विघटन संवैधानिक र ताजा जनादेशको लागि भएको पुनः दोहोर्याएका छन् । उनले सरकारको बिरुद्धमा प्रदर्शन गर्ने अराष्ट्रिय तत्व भएको बताउंदै तिनलाई आगामी बैशाखको चुनावले ठेगान लगाउने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!