प्रचण्ड-नेपाल समूहद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

Posted on: 25 Jan, 2021

माघ १२, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल समूहले संसद बिघटन बिरुद्ध थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आज पेरिस डाँडामा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

उक्त समुहले माघ १३ गते देखि २८ गते सम्म बिरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा संसद विघटन गरेपछि नेकपा प्रचण्ड-नेपाल समूह बिरोध गर्दै आएको छ । गत शुक्रबार उपत्यकामा विशाल शक्ति प्रदर्शन गरेको थियो ।

संसद पुनर्स्थापना हुनुपर्ने माग राख्दै आएको उक्त पक्षले देशभर प्रदर्शन गर्ने बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!