५ दिन भित्र अदालतमा उपस्थित भएर जवाफ दिन ओलीलाई सर्वोच्चको आदेश

Posted on: 28 Jan, 2021

माघ १५, काठमाडौँ । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई ५ दिन भित्र उपस्थित भएर लिखित जवाफ दिन आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीलाई आफैं अदालतमा उपस्थित हुन आदेश दिएको हो। प्रधानमन्त्री ओलीले अदालतमा विचाराधीन मुद्दामा अभिव्क्ति दिएको र धिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले उनी बिरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराएका थिए ।

ओलीले अदालतमा विचाराधीन संसद विघटन मुद्दाबारे गत साता एक कार्यक्रममा बोल्दै अदालतमा भइरहेको बहसलाई तमासा र अधिवक्ताहरुलाई बाजे भनेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!