विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन

Posted on: 02 Mar, 2021

फागुन १८, काठमाडौँ । प्रतिबन्धित नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा समूहसँग वार्ता गर्न सरकारले वार्ता टोलि गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहेको वार्ता टोली गठन गरिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले वार्ता टोली गठन गरेको जानकारी दिए । विप्लव समूहले यसअघि नै विज्ञप्ति निकालेर सरकारसँग वार्ता गर्न तयार रहेको जनाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने बताउंदै आएका थिए । 

हिंसात्मक कार्यहरु बढाउंदै गएको भन्दै सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!