एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद आज गुम्ने

Posted on: 08 Apr, 2021

चैत २६, काठमाडौँ । बिहिबार चार जना मन्त्रीको सांसद पद गुम्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका चार जना सांसद ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहको संसद पद गुम्ने भएको हो ।

आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनीहरू सांसद नभएको सूचना सुनाउने भएका हुन् । यसअघि मंगलबार माओवादी केन्द्रले उनीहरुलाई सांसदबाट हटाउन संसद सचिवालयमा पत्र पठाएको थियो ।

संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले उनीहरूलाई सांसदबाट हटाउन पठाएको पत्रमा छलफल भएको हो । माओवादी केन्द्रबाट सांसद बनेका उनीहरु नेकपा विभाजपछि ओली समूहमा लागेका थिए ।

उनीहरु अहिले नेकपा एमालेको केन्द्रिय सदस्य बनेका छन् । एमालेमा प्रवेश गरेपछि उनीहरुलाई माओवादी केन्द्रले कारबाही गर्ने निर्णय गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!