नेकपा एमाले प्रवेश गर्ने श्रममन्त्री सहित ४ मन्त्रीको सांसद पद गुम्यो

Posted on: 08 Apr, 2021

चैत २६, काठमाडौँ । एमाले प्रवेश गरेका ४ जना सांसदको संसद पद खारेज भएको छ । नेकपा माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका ४ जना सांसद पदमुक्त भएका हुन् । बिहिबार बोलाइएको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि प्रशाद सापकोटाले चार जना मन्त्रीहरुको सांसद पद खारेज भएको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका चार जना सांसद ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहको संसद पद गुमेको छ। 

यसअघि मंगलबार माओवादी केन्द्रले उनीहरुलाई सांसदबाट हटाउन संसद सचिवालयमा पत्र पठाएको थियो ।

माओवादी केन्द्रबाट सांसद बनेका उनीहरु नेकपा विभाजपछि ओली समूहमा लागेका थिए । उनीहरु अहिले नेकपा एमालेको केन्द्रिय सदस्य बनेका छन् । एमालेमा प्रवेश गरेपछि उनीहरुलाई माओवादी केन्द्रले कारबाही गर्ने निर्णय गरेको हो । राजनीतिक दल समबन्धि  ऐनअनुसार दल परित्याग गरेमा सांसद पद खारेज हुने व्यवस्था छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!