गृहमन्त्रीमा थापा पुनःनियुक्त

Posted on: 18 Apr, 2021

वैशाख ५, काठमाडौँ । गृहमन्त्रीमा रामबहादुर थापा पुनः नियुक्ति भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी हुन् । थापा आजै राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका थिए ।

माओवादी केन्द्रले उनलाई कारबाही गरेपछि सांसदबाट पदमुक्त भएका हुन् । थापाको सांसद पद खारेज भएपछि उनी मन्त्रीबाट पनि पद मुक्त भएका थिए । सांसद पदमा नरहे पनि छ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान रहेको छ । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन भएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!