ओली र नेपालले हेरे मेरियट होटेलबाट धरहरा

Posted on: 22 Apr, 2021

वैशाख ८, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालबिच छलफल भएको छ । बिहिबार दिउँसो काठमाडौँ नागपो खरीस्थित मेरियट होटेलमा भेटवार्ता भएको हो । 


छलफलमा रहेका दुवै नेताले  मेरियट होटेलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उनले सामाजिक सन्जालमा फोटो शेयर गर्दै लेखेका छन्,'प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा नागपाेखरीस्थित मेरियट होटेलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुहुँदै ।' 

एमाले भित्रको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेका बेला दुई नेताबीच वार्ता चलेको हो । यसअघि बुधबार पनि दुवै नेताबीच सोहि होटेलमा भेटवार्ता भएको थियो ।

ओली समूहसंग असन्तुष्ट रहेको नेपाल समूहले केन्द्र देखि स्थानीयतह सम्म समानान्तर कमिटी बनाइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!