माधव नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार

Posted on: 21 Jul, 2021

साउन ६, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताएका छन् । 

पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो रहेको बताए । ओलीले भने 'अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ । १० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छु ।' ओलीले नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेको कारण सहमति नभएको समेत बताएका छन् । 

पार्टीमा एकता कायम भए सबै संरचनाहरु ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुने ओलीले बताए । ओलीले नेता नेपालले पार्टी एकताका लागि आफूलाई दोस्रो अध्यक्ष बनाउनुपर्ने माग राखेको भन्दै आफूले कार्यदलका सदस्यहरुलाई त्यसका लागि तयार रहेको सुनाएका छन् । ओलीले भने 'मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु ।' 

यस बिषयमा तपाइको प्रतिक्रिया...!