एमालेमा समूहगत छलफल सकियाे, यी हुन् दश समूहका टोली नेता

Posted on: 25 Sep, 2021

असोज ९, काठमाडौँ । नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएकाे छ । राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको समूहगत छलफल भर्खरै सकिएकाे हाे।

प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको थियो। १० वटै समूहबाट टोली नेता चयन भएको बताइएको छ। तर उक्त टोलीमा माधव नेपालको साथ छोडेर आएका कोही पनि नेता परेका छैनन्।

प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल,गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराई चयन भएका छन्।

उनीहरूले छलफलको निष्कर्ष पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले सुनाउने बताए । समूहगत छ्लफलको सुझावपछि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिने छन् ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!