नेपाली कांग्रेसमा जानु राम्रो हुन्छ : गोकुल बास्कोटा

Posted on: 25 Sep, 2021

असोज ९, काठमाडौँ । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीप्रति कटाक्ष गरेका छन् । 

बास्कोटाले सामाजिक सञ्जाल ट्विटरमार्फत् नक्कली पार्टीमा लाग्नुभन्दा कांग्रेस प्रवेश गर्नु राम्रो हुने उल्लेख गरेका छन्। बास्कोटाले कांग्रेसको पुच्छर बन्ने पार्टी समाजवादी हुन नसक्ने र त्यस्तो पार्टी नक्कली हुने तर्क गरेका छन् । 

बास्कोटाले लेखेका छन्, ‘जुन गोरुको सिंग छैन, त्यसको नाम तिखेरुजसले पार्टी चोइट्यायो, त्यसको नाम एकीकृत? जो कांग्रेसको पुच्छर बनेको छ,त्यो समाजवादी? त्यस्तो नक्कली पार्टीमा लागेर दुईदिने जीन्दगी एकबारको जुनी बिताउनुभन्दा सोझै कांग्रेस प्रवेश गर्नु राम्रो होला। किनभने दुईपल्ट के पार्टी प्रवेश गर्नु? ह्या एस !’ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!