को बन्ला अखिल क्रान्तिकारीको अध्यक्ष ?

Posted on: 01 Oct, 2021

असोज १५ ,  काठमाडौं। नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुने भएको छ। अखिल क्रान्तिकारीकी उपाध्यक्ष पन्चा सिंहले दिउँसो १२ बजेदेखि कार्की पार्टी प्यालेसमा बन्दसत्र सञ्चालन हुने तय भएको जानकारी दिइन्।

अखिलको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चा सिंह मुख्य दौडमा छन्। यस्तै, हालसम्म महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको आकांक्षी देखिएका छन्।

उनीहरु मध्येबाट सहमति जुटाएर एक जना नेतृत्वमा आउनेछन्। नयाँ नेतृत्व चयन गर्दै सम्मेलन शनिबार सम्पन्न गर्ने तयारी छ। बन्दसत्रमा संगठनको कार्यनीतिदेखि लिएर विद्यार्थीका मुद्दा र एजेण्डाका विषयमा व्यापक छलफल हुनेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!