मन्त्रालय बाँडफाँड : जसपाले कुन-कुन मन्त्रालय पायो ? (नामसहित)

Posted on: 05 Oct, 2021

असोज १९ , काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रालय बाँडफाँडको विषयमा सहमति जुटेको छ। मंगलबार मध्यान्ह बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले करिब मन्त्रालय बाँडफाँट गरेको हो। गठबन्धनबीच मन्त्रालयको संख्या र नाम नै टुंगो लगाउन समस्या भएको थियो।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको स्वास्थ्य समस्याका कारण गठबन्धनको छलफल हुन सकेको थिए। मंगलबार जुटाएको सहमति समाजवादी पार्टी (जसपा)ले ५ मन्त्रालय पाउने भएको छ। जसअनुसार जसपाले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको हो।

‘अब कुनै नाटकीय फेरबदल भएन भने हाम्रो भागमा यी मन्त्रालय हुने छन्,’ जसपाका एक नेताले भने। तर, एकीकृत समाजवादीका एक नेताको भनाइमा औपचारिक रूपमा मन्त्रालयको संख्या टुंगो लगाएको भए पनि केही मन्त्रालयमा भने छलफल भइरहेको छ। जसपाले दाबी गरेका केही मन्त्रालयमा एकीकृत समाजवादीले पनि दाबी गरेका कारण केही मन्त्रालय भने अझै फेरबदल हुन सक्नेछन्।

अहिलेसम्मको सहमति अनुसार कांग्रेसले ६, माओवादी, एकीकृत समाजवादी र जसपाले ५-५ वटा मन्त्रालय पाउनेछन्। त्यसमा एक-एक जना राज्यमन्त्री चाहिँ जसपाबाहेकका दलले पाउनेछन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!