मन्त्रीसँग मुख्यमन्त्री साटिएको होइन, नेकपा (एस)लाई दिनु बाध्यता : मन्त्री रिजाल

Posted on: 09 Oct, 2021

असोज २३, काठमाडौँ, | नवनियुक्त रक्षामन्त्री डा. मीनेन्द्र रिजालले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री नेकपा समाजवादीलाई दिनु बाध्यता भएको बताएका छन् । 

मन्त्री भएको भोलिपल्ट गृहजिल्ला मोरङमा आएका रिजालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सत्ता साझेदार भएकोले नेकपा  (एस) लाई  मुख्यमन्त्री दिनु बाध्यता भएको बताए ।

एउटा मन्त्रीसँग दुई वटा मुख्यमन्त्री किन साट्नु भएको भन्ने पत्रकारको प्रश्नमा मन्त्री रिजालले मन्त्रीसँग नसाटेर शक्ति सन्तुलन मिलाएको तर्क गरे । नेपाली काँग्रेस प्रदेश १ का सांसदहरू मुख्यमन्त्री नेकपा (एस) लाई दिएको भन्दै रुष्ट बनिरहेका बेला उनको यस्तो धारणा आएको हो ।

हिजो बसेको प्रदेशसभाको बैठकमा कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालेसमेत प्रदेश सरकारको बचाउ गरेका थिए । प्रदेश १ मा प्रमुख प्रतिपक्षी दलका नेताले सरकारको बचाउ गरेपछि गठबन्धन दलका नेतासमेत अलमलमा परेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!