उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत

Posted on: 10 Oct, 2021

असोज २४, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत गरेका छन्। आइतबार बिहान बालुवाटार पुगेर हमालले देउवालाई राजीनामापत्र बुझाएका थिए। हमालले राजीनामा दिएसँगै देउवाले राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयका सदस्य प्रकाश देउवाले बताए।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन्। विभिन्न संचार माध्यममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाएपछि पदबाट राजीनामा गरेको हमालले बताएका छन्।

हमाल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशिल छन्। उनी २०२७ सालदेखि कांग्रेसको विभिन्न पदहरुमा बसेर काम गरिसकेका व्यक्ति हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!