ओलीले भनेः हाम्रो गणना एक नम्बरमा छ

Posted on: 23 Oct, 2021

कात्तिक ६, काठमाडौं | नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले  चौतर्फी हमला भइरहदा पनि एमाले सबै ठाउमा सबैभन्दा मजवुद शक्ति भएको दाबी गरेका छन् । 

देशभरका वडा अधिवेशन उद्घाटन शत्रलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले संघीय संसददेखि ६ वटा प्रदेशमा सबैभन्दा ठूलो शक्ति भएको भन्दै एमालेको गणना एक नम्बरमा हुने बताए । ‘भोलिपनि हामी एक नम्बरमै हुन्छौं । एमाले नेता पार्टी हो । यसले देशलाई मार्गदर्शन गर्नुपर्छ ।

नमूना काम गर्नुपर्छ । हामीले निर्धारण गरेको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्नुपर्छ । यसअनुसार अघि वढ्नुस्,’ सम्वोधनका क्रममा उनले भने । 

उनले जनताको समर्थनमा जनआधारित पार्टी बनाउने काममा लाग्न अधिवेशनबाट चुनिएर आउने नेतृत्वलाई आग्रह गरेका छन् । 

उनले केन्द्रीय नेतृत्वलाई सफल बनाउन तल्ला कमिटीको महत्वपूर्ण भूमिका हुने भन्दै क्रियाशिल भएर देश र जनताको बृहत्तर हितमा केन्द्रीत हुन आग्रह गरे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!