मोरङ: नेकपा एस बलियो रहेका पालिकामा रोकियो एमाले अधिवेशन

Posted on: 26 Oct, 2021

कात्तिक ९, विराटनगर | पार्टी विभाजनपछि एमाले कमजोर बनेका पालिकामा अधिवेशन रोकिएको छ । एमालेले बाढीपहिरो प्रभावितबाहेकका सबै पालिकामा आज अधिवेशन हुने बताए  पनि मोरङका पाँच वटा पालिकामा तत्कालका लागि अधिवेशन रोकिएको हो ।

उर्लाबारी, लेटाङ, सुनवर्षी नगरपालिका तथा धनपालथान र जहदा गाउँपालिकामा आज अधिवेशन हुने छैन । लेटाङ र उर्लाबारीमा नेकपा एकीकृत समाजवादीको पकड छ । अन्य पालिकामासमेत एकीकृत समाजवादीसामु एमाले कमजोर छ ।

एमाले कमजोर रहेका पालिकामा पार्टी प्रवेश गराएर मात्र अधिवेशन गर्ने तयारीमा एमाले मोरङको छ । एमाले मोरङका अध्यक्ष ऋसिकेश पोख्रेलले  तयारी नसकिएकोले अधिवेशन केही समय पछाडि सारिएको दाबी गरे ।

उर्लाबारी र लेटाङमा  १२ कात्तिकका लागि अधिवेशन तय भएको छ । अन्य पालिकामा मिति तय भइसकेको छैन । मोरङमा आज १२ पालिकामा मात्रै एमालेको अधिवेशन हुँदैछ । अधिवेशनमा हुने पालिकामा विराटनगर, र‌ंगेली,रतुवामाई, कानेपोखरी, पथरी शनिश्चरे, मिक्लाजुङ, बेलबारी, सुन्दरहरैचा, केराबारी, ग्रामथान र बुढीगंगा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!