एमाले महाधिवेशनमा कुन दलबाट को-को सहभागी हुँदैछन् ?

Posted on: 25 Nov, 2021

मंसिर ९, काठमाडौं। एमाले महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न पार्टीका शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिने तय भएको छ। एमालेले संघीय संसदमा प्रतिनिधित्व गर्ने सात वटा राजनीतिक दललाई उद्घाटन समारोहमा निम्तो गरेको थियो।

पार्टी स्रोतका अनुसार महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने निश्चित भइसकेको छ। यसै गरी, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि आफूहरू आउने जानकारी गराएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि कार्यक्रममा सहभागी हुने निश्चित गरेको पार्टीद्वारा आज आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिइयो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने/नआउने टुंगो दिएका छैनन् भने एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई निम्ता गरिएको छैन। प्रचण्ड नआएको खण्डमा उनले प्रतिनिधिको रूपमा अर्को नेतालाई पठाउने बुझिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!