गठबन्धन सरकारकाे काम छैन, ताजा जनादेशमा जाऔं : ओली

Posted on: 03 Dec, 2021

मंसिर १७, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारबाट देश सही ढंगले नचलेको बताएका छन्। शुक्रबार दिउँसो पार्टी कार्यालय थापाथलीमा पदभार ग्रहणका क्रममा गठबन्धनसहितकाे सरकारकाे कुनै औचित्य नरहेकाे बताउँदै उनले जति सक्दाे चाँडाे ताजा जनादेशमा जानुपर्ने धारणा राखेका हुन्।

उनले देशलाई सही बाटोमा अगाडि बढाउने काममा एमाले लाग्ने बताए। उनले भने, ‘स्थिति कस्तो छ हरेक क्षेत्रलाई निकम्मा बनाएर लोकतन्त्र भत्काउने काम भएको छ। सरकारका कतिपय घटकको काम बिगार्ने भत्काउने देखिन्छ।’

अदालतमा देखिएको विवाद पाँच दलीय गठबन्धनले गर्दा सिर्जना भएको ओलीले बताए। उनले अदालतको हुर्मत लिने काम गठबन्धनले गरेको आराेप लगाए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!