राप्रपा महाधिवेशनमा क-कसले दिए उम्मेदवारी ?

Posted on: 03 Dec, 2021

मंसिर १७, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  को नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ। राप्रपा निर्वाचन समितिले उम्मेदवारीको नामावली सार्वजनिक गरेको हो।

जसमा अध्यक्ष, उपाध्यक्ष र महामन्त्री गरी १६ जनाको उम्मेदवारी परेको छ। महाधिवेशनमा अध्यक्षसहित ८ जना पदाधिकारीका लागि निर्वाचन हुने भएको हो। अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्दैछन्।

यस्तै,चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ। पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको छ।

एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ।

सदस्यमा एक सय ४१ मध्ये दुई सय ६४ जनाको उम्मेदवारी परेको उनले बताए। अध्यक्षको मतपत्र र पदाधिकारीसहित सदस्यको विद्युतीय मेसिनबाट गर्ने सहमति भएको बस्नेतले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!