फेरि पनि संसद अबरुद्ध गर्छौँ : केपी ओली

Posted on: 03 Dec, 2021

मंसिर १७, काठमाडौं | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २८ गतेका लागि आह्वान गरिएको संसद बैठक फेरि पनि चल्न नदिने बताएका छन्।

शुक्रबार काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

राष्ट्रपति विद्या भण्डारीले आगामी मंसिर २८ गते संघीय संसद बैठक आह्वान गरेकी छन्। ओलीले आफ्नो पार्टीले निष्काशन गरेका माधव नेपालसहितका सांसदहरु बैठकमा आउने भएकाले आफूहरुले संसद बैठक चल्न नदिने बताए। उनीहरु गैर सांसद भएकाले उनीहरु आएको संसद बैठकलाई एमालेले चल्न दिन नसक्ने अध्यक्ष ओलीले बताए।


यस बिषयमा तपाइको प्रतिक्रिया...!