मुसहर बस्ती निर्माणका लागी सर्वोच्चका कर्मचारीले दिए ७० हजार सहयोग

Posted on: 23 Feb, 2017


फागुन १२, काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सर्वोच्च अदालत काठमान्डौका कर्मचारीहरुले ७० हजार ३ सय ९० रुपैया नगद सहयोग गरेका छन् । 

फाउण्डेशनको दुरदर्शिता काम प्रति आकर्षित भएको भन्दै अदालतका कर्मचारीहरुले उक्त सहयोग गरेका हुन् । धुर्मुस सुन्तली फाउण्डेसनले समाजसेवा प्रति गरेको काम अनुपम, उदारणीय, सह्रानीय र अनुकरणीय रहेको भन्दै उनिहरुले यस्ता कामहरुबाट सबै नेपालीले पाठ सिक्नु पर्ने बताएका छन् । 

सहयोग रकम हस्तान्तरण गर्न धुर्मुस सुन्तली फाउण्डेशन पुग्नुभएका सर्वोच्च अदालका उप सचिव कपिलमणी गौतम र नगेन्द्र कुमार कालाखेतीले देशलाई नै चुनौति दिने काम गरेको भन्दै बधाई तथा शुभकामना दिएका थिए । केही समय अघि  सार्बजनिक भएका आर्थिक संकटका समाचार पढेपछि धुर्मुस सुन्तली फाउण्डेसनले गरिरहेको यस्तो पुनित कार्यमा अवरोध पुग्ने हो कि भन्ने चिन्ताले आफुहरु सहयोग गरेको सवोच्च अदालतका उप सचिव कपिलमणी गौतमले बताए । 

सहयोग हस्तान्तरण गदै उनले पहिले हामी देशका नागरीक भएको र त्यसपछि मात्र कर्मचारी भएको भावनालाई आत्मसाथ गदै धुर्मुस सुन्तलीको महान काममा सहयोग गरेको उनले बताए । धुर्मुस सुन्तलीलाई आफुहरुले सानो सहयोग गर्न पाउदा खुसी लागेको बताउदै उनले समाज सेवामा लगातार क्रियाशिल भईरहेका धुर्मुस सुन्तलीलाई मुसहर बस्ती निर्माणमा सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!