बागलुङमा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ३ जना घाईते

Posted on: 26 Mar, 2017


कृष्ण कँडेल/चैत १३, बागलुङ । ढोरपाटन नगरपालिका वडा नम्बर–१ बुर्तिबाङ बजर नजिकै दुले भन्ने ठउँमा आज विहान पिकअप जीप दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् ।

ग २ च ९११ नम्बरको जीप सडकबाट २० मिटर तल तमानखोलामा खस्दा तमानखोला गाउँपालिका–५ का ३६ बर्षिय टिकमा विकको घटनास्थालमै मृत्यु भएको हो । 

उनका छारा ३ बर्षिय खगेन्द्र विक, सोहि ठाउँका ६३ बर्षिय जसबहादुर विक र ४६ बर्षिय ज्ञानदेबि बिक घाईते भएका ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिए । 

उनिहरु तिनै जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचार भईरहेको छ । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारबाट तमानखोला गाउँपालिकाको बोङ्गादोभानका लागि छुटेको जीप दुर्घटनामा परेको हो ।  

जीपका चालक ढोरपाटन नगरपालिका–२ का धुर्ब कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 


 

  


यस बिषयमा तपाइको प्रतिक्रिया...!