सार्वजनिक सवारीमा इन्टरनेट सेवा आजदेखि सञ्चालनमा

Posted on: 26 Jun, 2017

असार १२, काठमाडौँ । नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सार्वजनिक सवारी साधनमा ‘एनटी बस इन्टरनेट सेवा’ आजदेखि सञ्चालनमा आएको छ । 

मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुले इन्टरनेट सेवा सहज रुपले प्रयोग गर्न सकून् भन्ने उद्देश्यले टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सेवा शुभारम्भ गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । 

सेवा सुरुआतले लामो तथा छोटो दूरीका यात्रुले यात्राका क्रममा वाइफाइमार्फत निःशुल्क इन्टरनेट, भिडिओलगायत मल्टिमिडिया सेवा उपभोग गर्न सक्ने छन् । सेवा मुलुकका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा प्रयोग गर्न सकिनेछ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!