कपिलबस्तुमा झाडापखालाले दुईको मृत्यु, १ सय ५० बढी बिरामी

Posted on: 19 Aug, 2017


माधव बेल्वासे/भदौ ३, कपिलवस्तु । झाडापखालाको महामारीले कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ । 

कपिलवस्तुको महाराजगंज नगरपालीका वडा न ७ को सत्भरा र गंगौडी गांउमा फैलीएको झाडापखालाको कारण १५० भन्दा मानिसहरु विरामी भएको पत्रकार अंकुस श्रीवास्तवले जानकारी दिएका छन । 

गघौंडीका जमुना चमारकी श्रिमती ३५ वर्षिय सान्तीदेवी चमार र सत्भराका चैतराम रैदासका ८ वर्षिय छोरा तारेस रैदासको दुई दिन देखि सुरु भएको झाडापखाला र वान्ताको कारण ज्यान गएको शिवराज अस्पतालका चिकित्सक राहुल झांले वताएका छन । 

कुसहवा हेल्थ पोष्टमा अहिले सम्म १५० भन्दा वढि झाडाका विरामी उपचार गराउन आएको ईन्चार्ज जयनारायण पण्डितले वताएका छन । सत्भरा गांउमा एकै परिवारका सात जना समेत विरामी परेको वताईएको छ । 

स्थानीय शिव प्रसाद पुरीका छोरा दिपेनद्र पुरी, सुरज पुरी, वुहारी शेषमती पुरी दुई नाती नातीना समेत दुई दिन देखि झाडापखालाले सिकीस्त भएका छन ।चिकित्सकहरुले खानामा ध्यान दिन आग्रह गरेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!