दुर्घटनाको उच्च जोखिम, जिपले यात्रुलाइ बोक्दै छ कि यात्रुले जिप ?

Posted on: 22 Aug, 2017


नन्दराम जैशी | भदौ-६, जुम्ला | जुम्लाको उर्थुचौतारामा दैनिकजसो बिहानैदेखि सवारी यात्रुहरुको घुईचो लाग्ने गर्दछ । पातारासि गाँउपालिकाको साविकका छुमचौर, डिल्लीचौर र पट्माराबासि सवारी यात्राको पर्खाइमा बिहानैदेखि उर्थुचौतारामा पर्खिरहेका हुन्छन् । तर सहज यात्रा भने उनिहरुले कहिल्यै गर्न पाएका छैनन् । सडक संजालले भरर्खरै छोएको पातारासि गाँउपालिकामा अहिले सामान ढुवानिका लागि ट्याक्टरहरु संचालन हुदै आएका छन् । जसमध्य जुम्ला सदरमुकामदेखि उर्थुचौतारा सडक खण्डलाइ अहिले अस्थायीरुट कायम गरीएको छ । करीब १० किलो मिटर अस्थायीरुट कायम गरीएको उक्त सडक खण्डमा केहि महिना यता २/३ वटा जिपहरु संचालन हुदै आएका छन् ।     

पातारासि गाँउपालिकाको विभिन्न गाँउहरुबाट सदरमुकाम झर्ने यात्रुहरु सोहि सडक खण्डमा यात्राका लागि दैनिक उर्थुचौतारामा पर्खिरहेका हुन्छन् । तर उनिहरुलाई भने सवारी यात्रा गर्न त्यति सहज छैन । कच्ची, हिलाम्य सडकमा दिनदिनै यात्रुहरु डरै डरले यात्रा गर्न बाध्य छन् । भने अर्को तिर सदरमुकामदेखि उर्थुचौतारा सडक खण्डमा संचालन भएका सवारीहरु पनि जोखिम अवस्थामा छन् । थोरै जिप संचालन भएकाले सदरमुकामबाट उर्थुमा बल्ल बल्ल पुग्ने जिपहरु क्षमता भन्दा अत्यधिक बढि यात्रुहरु बोकेर फर्किन्छन् । त्यहाँ पिजहरु पुगेपछि झट्ट हेर्दा यात्रुहरुको घुईचोले जिपले यात्रुलाइ बोक्दैछ कि यात्रुले जिप बोक्दैछन् भन्ने छुट्याउन सकिदैन । त्यसरी संचालित सवारी र यात्रुहरु दुबै दुर्घटनाको उच्च जोखिममा देखिन्छन् ।   

यात्रु टासि लामाले भन्नुभयो, पहिले छुमचौरबाट बजार जाँदा हिडेरै ३ घण्टाले पुगिन्थ्यो । अहिले सवारीको पर्खाइमा बस्दा झन् ४/५ घण्टा समय लाग्छ । यसले गर्दा यकातिर समयको बर्बाद भएको छ भने अर्कोतिर दुर्घटनाको जोखिम मोलेका छौ । त्यस सडक खण्डमा राज्यले सवारी संचालन अनुमति नदिनु पथ्र्यो, होइन भने सडक र सवारी ब्यवस्थीत हुनुपर्छ उहाले भन्नुभयो । जिप सेवा संचालन भएपछि हिड्ने बानि हराउदै गएको भन्दै अल्छीपन सृजर्ना भएको डिल्लीचौरबासि सपना बोहोराको भनाइ छ । उहाले भन्नुभयो, अहिलेको जसरी जिप सेवा संचालन भएमा एक दिन अवश्य ठुलो दुर्घटना भोग्नुपर्छ तर त्यस भन्दा पहिले राज्यले निगरानि राख्नुपर्छ । जिप मालिकले सेवा भन्दा फाइदाको दृष्टिले हेरीरहेका छन् । हामि यात्रा गर्न बाध्य छौ । जिप चढ्नकै लागि मनपरी भाडा तिर्न तिर्नु पर्दछ । त्यो पनि जिप नपाएपछि पावर लगाउने चलन छ । नागरीकको ज्यानसँग ख्यालबाड गरी यसरी जिप संचालन हुन दिनु राज्यको चरम लापरवाहि हो, उहाले भन्नुभयो ।     

यता कर्णाली अंचल यातायात ब्यवस्था कार्यालयले हाल जिप संचालन भैरहेको सडकखण्डलाई अस्थायीरुट कायम गरेपनि के कति सवारी कसरी संचालन भैरहेका छन् भन्ने बिषयमा कुनै जानकारी नभएको जनाएको छ । यस बिषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला ट्राफिक कार्यालय भने बेखबर रहेका छन् ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!