बाढीले सडकमा पुर्‍यायो, ट्याक्टरले ज्यानै लियो

Posted on: 22 Aug, 2017

भदौ ६, बाँके । बाढीले उनको बास डुबायो । थातबास डुबेपछि उनले सडकलाई नै घर बनाए । 

बाढीले सडकमा पुगेका उनको सडकको बसोबासकै कारण इहलिला समाप्त भएको छ । सडकको छेउमा सुतिरहेको अवस्थामा ट्र्याक्टरले किचेपछि उनको ज्यान गएको हो ।

जिल्लाको नरैनापुर गाउँपालिका वडा नं ६ स्थित गंगापुरका ५५ वर्षीय रामखेलावन मुराउलाई सोमबार बिहान ट्र्याक्टरले किचेको प्रहरीले जनाएको छ ।

घाइते मुराउको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई बाढीपीडितका लागि राहत सामग्री बोकेको भे १ त ७४४२ नंको ट्र्याक्टरले किचेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!