भूकम्प पिडित भएर पनि लाभग्राहि सूचीमा नपरेकाहरुलाई जरुरी सूचना

Posted on: 23 Aug, 2017

(सुचना) | भूकम्प पिडितको गुनाशो दर्ता गरी लाभग्राही सूचीमा नपरेका गुनासोकर्ताहरुको आवास विवरणको लगत संकलन तथा पुन: जाँचको लागि तपाइको क्षेत्रमा यही साउन २६ गतेदेखि भदौ ३१ गतेसम्म छुट तथा पुन: जाँच सर्वेक्षण कार्य गर्नका लागि इन्जिनियरहरु आउँदैछन् | 

प्राधिकारणबाट खटेका इन्जिनियरहरुबाट आफ्नो भत्केको घरको छुट तथा पुन: जाँच सर्वेक्षण गराई आवास अनुदान पाउने प्रक्रियामा सहभागी हुनुहोस् | 

गुनासो दर्ता नगरेका घरधुरी समेत नजिकैको वडा, गाउँपालिका वा नगरपालिकामा यथासिघ्र गुनासो दर्ता गराउनुहोस् | 

थप जानकारीको लागि प्राधिकरणको टोल फ्री नम्बर १६६००१७२००० वा ९८०१५७२१११ मा वा जिल्ला स्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यालयमा सम्पर्क गर्न सकिनेछ | 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

सिंहदरवार, काठमाडौँ

यस बिषयमा तपाइको प्रतिक्रिया...!