डीभी भर्ने वेबसाइट असोज २४ देखि डाउन ! तर ठगहरुले यसरी डिभी भराउँदैछन्

Posted on: 16 Oct, 2017

असोज ३०, काठमाडौँ । नेपालमा अवसरलाई प्रयोग गर्ने ठगहरुको बिगबिगी छ । यसैमध्ये डिभीको नाममा ठग्नेहरु पनि उत्तिकै सक्रिय छन् ।

डीभी भर्ने वेबसाइट असोज २४ देखि डाउन हुँदा पनि ठगहरुले पछी वेबसाइट खुल्ने ग्यारेन्टी गर्दै २ सय देखि ५ सयसम्म पैसा अशुलेर ठगि गरिरहेका छन् । एक सातादेखि साइट खुल्ने नखुल्ने पत्तो छैन तर पनि पछी डिभी भरिदिने भन्दै पैसा उठाईएको छ । यसरी ठग्नेहरु साइबरदेखि नाम चलेका कन्सल्टेन्सीहरु समेत रहेका छन् । उनीहरुले आफूखुसी फर्म भरेर सर्वसाधारणबाट रकम असुली गरिरहेका छन् ।

नेपालमा डिभी भर्ने उध्यश्यले कुनै कम्पनी दर्ता नभएपनि बर्षेनी डिभीकै भरमा कम्पनी चलाउनेहरु पनि छन् । आफ्नोबाट डिभी भर्दा पर्ने सम्भावना भन्दै डिभी परेकाहरुको फोटो टासेर बिज्ञापन गरिन्छ अनि चर्को रकमसम्म लिने गरिएको छ । 

राजधानीमा रहेका अधिकांस कन्सलटेन्सीहरुले २ सय देखि पाँचसय रुपैयाँसम्म सेवासुल्क वा फोटो खिचेबापत भन्दै रकम असुली गर्दै आएका छन् । सामान्यत: फोटो खिचेर धुलाउन १०० रुपयाँ लाग्छ त्यो पनि तत्काल फोटो पाइन्छ तर डिभी भर्नेहरुले तत्काल फोटो दिँदैनन् । फोटो खिच्नु केवल बहाना मात्र हो । फोटो दिए पनि अर्डर गरेर आउँदा जाँदा बाहिर खिचे भन्दा महँगो पर्न जाने हुँदा १० प्रतिशतले पनि फोटो लिंदैनन् । 

त्यसो त सरकारले पनि यसरी पैसा अशुल्नेलाई खुलेयाम छाडीदिएको छ । डिभी खुल्ने समय अगावैदेखि राष्ट्रिय पत्रिका तथा बाटा-बाटामा स्टल राखेर प्रचार गर्ने तथा फारम भराउन समेत सरकारले छुट दिएको छ । यस अघि डिभी भर्ने समयमा खासै समस्या नआउने इडीभीको वेबसाइट लामो समयदेखि डाउन हुँदा समेत खुल्ने आशामा डिभीको लागि फोटो खिच्ने र फाराम भर्नेको लाइन छ । साइट खुल्ने-नखुल्ने निश्चित नहुँदा सर्व्धारणको पैसा उठाएर ठगि गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!