सर्लाहिको छुट्टाछुट्टै तिन स्थानमा आगलागी, लाखौँ क्षेती

Posted on: 20 Oct, 2017

सरोज यादव | कात्तिक ३, सर्लाही | सर्लाहीको तीन छुट्टा छुट्टै स्थानमा आगलागी हुदा १७ लाख भन्दा बढीको धनमालको क्षती भएको छ । गए साझ दिपावली को लागि बालिएको बति बाट आगलागी हुदा जिल्लाको गोडैता नपा १२ मधुबनीमा सुनिल यादब ले सन्चालन गरेको किराना पसलमा आगलागी हुदा ३ लाख ५० हजारको धनमाल जलेर नस्ट भएको पिडित परिवारले जनाएको छ । 

आगो निभाउने क्रममा सोही ठाउँ का २८ बर्शिय उपेन्द्र महतो आगोले जलेर घाईते भएका छ्न । त्यस्तै रामनगर गाउपालिका ७ डुमरियामा राममिलन राय को घरमा सरोज रायले सन्चालन गरेको किराना पसलमा आगलागी हुदा ८ लाखको क्षति भएको छ ।


त्यसै गरि कबिलाशी नपा ६ जमुनियामा मोहन राय को किराना पसलमा आगलागी हुदा ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय सर्लाही ले जनाएको छ । आगलागीमा परि घाईते भएका महतोको जिल्ला अस्पताल मलङ्वामा उपचार भईरहेको प्रहरी प्रमुख एसपी मसाउद आलम खा ले जानकारी दिनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!