मतदाता शिक्षाको प्रभावकारिताको यस्तो सिन झल्कीयो कालिकोटमा

Posted on: 08 Dec, 2017

दलसिंह गिरी/मंसिर २२, कालिकोट । हिजो विहिबार बेलुका करिव साढे ५ बजेबाट सरु भएको प्रदेश सभा र प्रतिनिधि सभाको मतगणना प्रक्रियामा कालिकोट जिल्लाको मत बदरको नतिजा हेर्दा नेपाल सरकार निर्वाचन आयोगले संचालन गरेको मतदाता शिक्षा कार्यक्रम एक औपचारीकतामा मात्र सिमित भएको हो की भन्ने प्रश्न चिन्ह खडा भएको छ । 


प्रदेश सभा र संसद सभाका प्रतिनिधि छनोटका लागि खसेको मत मध्य अहिले सम्म भएको मत गणनाको नतिजा हेर्दा संसद सभाका उम्मेदार तर्फ गणना भएका ११ हजार ४ सय ७७ मत मध्य ८ सय ३१ मत बदर भेटिएका छन् । यस्तै प्रदेश तर्फ क्षेत्र नं. क मा गणना भएको ८ हजार ८ सय ८५ मतमा ४ सय ७२ मत बदर देखिएको छ भने क्षेत्र नं. ख मा गणना भएका ८ हजार ५ सय ८७ मतमा करिव ६ सय ५६ मत बदर देखिएको छ ।

यसो बदर मतको संख्या हेर्दा कालिकोटमा करोडौ बजेट खर्च गरी संचालन गरिएका मतदाता शिक्षा कार्यक्रम खाली रकम खर्चको लागि मात्रै हो भन्ने नतिजा देखाएको छ । 

पछिल्लो मत परिणाम अनुसार उम्मेदारहरुको नतिजा हेर्दा संसद सभा तर्फ बाम गठबन्धनका साझा उम्मेदार दुर्ग बहादुर रावतले ५ हजार २ सय ५८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रत्यासी लोकतान्त्रीकका भूपेन्द्रजंग शाहीले ४ हजार ८ सय ८४ मत ल्याएर पछ्याइ रहेका छन् । 

यस्तै प्रदेश तर्फ क्षेत्र नं. क मा बामगठबन्धनका कुर्मराज शाहीले ५ हजार ६ सय ३० मत ल्याएर भारी मतान्तरमा अगाडी बढिरहेका छन् भने उनका प्रत्यासी लोकतान्त्रीकका टेबराज शाहीले १ हजार ८ सय ७८ मत मात्र प्राप्त गरेका छन् । 

यसैगरी क्षेत्र नं. ख तर्फ बाम गठबन्धनका महेन्द्र बहादुर शाहीले ४ हजार ४ सय २५ मत ल्याएर अग्रता कायम गरेका छन् भने उनका प्रत्यासी लोकतान्त्रीकका कालिबहादुर सहकारीले ३ हजार २ सय ९० मत ल्याएर पछ्याइरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!