उपत्यकामा चोरी गर्दै हिड्ने ‘चल्ला’ समूह पक्राउ

Posted on: 17 Dec, 2017

पुस २, काठमाडौं | काठमाडौं उपत्यकामा चोरी गर्दै हिड्ने ‘चल्ला’ समूह पक्राउ परेका छन् । कवाडी समान उठाउँदै आएको भारतीय नागरिकको एक समूह पक्राउ परेको हो । 

पक्राउ परेकाहरु भारतमै समूह बनाएर नेपालमा चोरी गर्न आउने तथ्य समेत प्रहरीले खुलाएको छ । ‘चल्ला’ नाम गरेको यस गिरोह लामो समयदेखि उपत्यकामा चोरीको घटनामा संलग्न रहेको प्रहरीले बताएको छ । दिउँसो साइकलमा विभिन्न कवाडी समान संकलनको बहानामा घरमा कोही नभएको समयमा ढोका तथा झ्याल फोडेर नगद, सुन, चाँदी लगायतका सामाग्री चोरेको सूचनाको आधारमा ७ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बिहारका दिनेश पोदार, मोतिहारीका मुकेस पोदार, बिहारकै केतुल पोदार, चन्तन पोदार, सुरज पोदार, विकास पोदार, बाराका राजकुमार अधिकारी रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!