कक्षा ११को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

Posted on: 13 Jan, 2018

पुस २९, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक गरेको छ । 

शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको छ । नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको हो । 

बोर्डले असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएकोमा ७४ जनाको परीक्षा रद्धभएको छ भने १ जनाको स्थगित गरिएको छ ।

बोर्डले केही समयपछि नतिजा इन्टरनेटमा सार्वजनिक गर्ने जनाएको छ । नतिजा सार्वजनिक भएपछि राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट http://www.neb.gov.np/results मा लगइन गरेर हेर्न सकिने छ । 

यस्तै नेपाल टेलिमकको वेवसाइट http://neb.ntc.net.np/ मा लगइन गरेर पनि परीक्षाको नतिजा हेर्न सकिने छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!