संकटग्रस्त सहकारी व्यवस्थापनका लागि समिति गठन

Posted on: 23 Jan, 2018

माघ ९, काठमाडौँ  | सहकारी तथा गरिबी निवारण मन्त्रालयले गौरीबहादुर कार्कीको अध्यक्षतामा समस्याग्रस्त ओरेन्टल कोअपरेटिभ लिमिटेडको व्यवस्थापन गर्न सात सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । 

सो सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्नका लागि गठित उक्त समितिका सदस्यमा काशीनाथ मरासिनी, राष्ट्रिय सहकारी महासंघले तोकेको सञ्चालक प्रतिनिधि, गोविन्दबहादुर मल्ल, दीपकप्रसाद पौडेल, हुमाकान्त पन्थी र रेवतीरमण पोखरेल हुनुहुन्छ । 

मन्त्रालयका प्रवक्ता रघुराम विष्टले समस्यग्रस्त सहकारीको व्यवस्थापन हेर्ने र निक्षेपकर्ताका रकम फिर्ता गर्नका लागि वातावरण बनाउन समिति गठन गरिएको जानकारी दिनुभयो । गत मंसिर २८ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्रालयले गठन गरेको समितिको कार्यकाल दुई वर्षको हुनेछ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!