व्यापार तथा व्यवसायी नीतिलाई वैज्ञानिक बनाउन माग

Posted on: 13 Feb, 2018

फागुन १, काठमाडौँ | नेपाल राष्ट्रिय व्यवसायी महासंघले व्यापार तथा व्यवसायी नीतिलाई वैज्ञानिक बनाउन सरकारसँग माग गरेको छ । 

महासंघले आज रिपोर्टर्स क्लबमा गरेको पत्रकार सम्मेलनमा यही फागुन ५ गते महासंघले एकताको महाधिवेशन सम्पन्न गर्ने जानकारी दिइयो । 

महासंघका अध्यक्ष नरेश कटुवालले साना तथा मझौला व्यवसायीको हकहित र मुलुकको व्यापार घाटालाई न्यूनीकरण गर्ने उद्देश्यले १८ वटा व्यावसायिक संगठन एकजुट भएको बताउनुभयो । 

संस्थाका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले संघीय संरचनाअनुसार महासंघले आफ्ना क्रियाकलापहरु अघि बढाउने बताउनुभयो । 

महासंघको प्रथम महाधिवेशनमा देशका विभिन्न भागबाट पाँच सयजना प्रतिनिधिले भाग लिनेछन् भने दुई सयजना पर्यवेक्षक रहने सो अवसरमा आयोजकले जानकारी दिइयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!