काठमाडौँमा आगलागी हुँदा एकको मृत्यु, एकजना घाइते

Posted on: 17 Feb, 2018

फागुन ५, काठमाडौँ (रासस) | कामपा–१२, लगनमा आज बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको छ । 

अमृतलाल श्रेष्ठ र अष्टनारायण महर्जनको संयुक्त नाममा रहेको घरमा बिहान ४ बजेतिर विद्युत् चुहिई आगलागी हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठका ४२ वर्षीय छोरा प्रवीणलाल सोही घटनामा घाइते भएका छन् । 

प्रहरीका अनुसार घरधनी सम्पर्कमा नआएका कारण के–कति क्षति भएको भन्नेबारे केही जानकारी प्राप्त हुन सकेको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!