खोटाङमा एक महिला शंकास्पद अवस्थामा मृत फेला

Posted on: 22 Feb, 2018

चिसाङ शेर्पा / फागुन १०, खोटाङ | खोटाङमा शिक्षकका श्रीमती मृत अवस्थामा भेटिएको छ । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेकी सुजता राई आफ्नै घरमा मृत फेला परेकी छन् । मृतक शान्तोद्धय माबिका प्रअ दिपबहादुर राईकी श्रीमती हुन् । दिपबहादुर छोरीको उपचारका लागि काठ्माण्डौं र छोरा पनि आफन्तको घरमा गएकोबेलामा एक्लै भएको अवस्थामा राई शंकास्पद अवस्थामा मृत फेला परेकी हुन् ।

आफन्तकोमा जलेश्वरी गएर फर्किएका छोराले सुजतालाई कोठामा मृत अवस्थामा फेला पारेको आफन्तले बताएका छन् । ढोका ढप्काइएको कोठाभित्र सुतेझैं अवस्थामा मृतकको शव घाँटीमा पुरुषको ज्याकेटले बाँधेको अवस्थामा फेला परेको स्थानीय उर्मिला लम्सालले बताईन् । 

घाँटीमा पुरुषको ज्याकेटको पासो भेटिनु, घाँटी तथा पिठ्यूँमा निल, डाम देखिएको र सर्लक्क सुतेको अवस्थामा शव भेटिएकाले घट्नालाई आफन्तले शंकास्पद मानेका छन् । सुजताको मृत्युको कारण अहिलेसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए । खोटाङका तीन महिलाको हत्या भएको लामो समयसम्म दोषी पत्ता लाग्न नसकेकोबेलामा पुःन सुजता शंकास्पद अवस्थामा मृत फेला परेकी हुन् ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!