कैलालीको घटना नसेलाउदै कञ्चनपुरमा फेरी महिलामाथि कुटपिट

Posted on: 14 Mar, 2018

पुस्कर भट्ट/फागुन ३० कञ्चनपुर | केही दिन अघि कैलालीमा बोक्सीको आरोपमा महिला माथी निर्घात रुपमा कुटपिट भएको घटना नसेलाउदै आज कञ्चनपुरमा पनि महिला माथी कुटपिट भएको छ । 


आज बिहान १० बजे भिमदत्त नगरपालीका वार्ड ५ की २४ बर्षिया सोनी चन्दलाई भिमदत्त नगरपालीका १० गड्डाचौकी बस्ने २७ बर्षिय राकेश चन्दले सोनिको घर मै आई कुटपिट गरेका हुन ।

के कति कारणले सोनिमाथी आक्रमण गरेका हुन त्यो खुल्न बाकी छ ।


कुटपिटबाट सोनीको आंखामा गम्भिर चोट लागेको छ । अनुहारमा तातो घ्यु खन्याई आखामा हातका औलाले घोचेका कारण उनको आखामा गम्भीर चोट लागेको हो |

 उनलाई उपचारका लागी महेन्द्रनगर आंखा अस्पतालमा ल्याईएको थियो | तर उनको आंखाबाट रगत बग्न नरोकिएपछि थप उपचारका लागी कैलालीको गेटा अस्पताल लगिएको छ ।

सोनी माथी हमला गर्ने राकेश चन्दको खोजी भईरहेको कञ्चनपुर जिल्ला प्रहरी ले बताएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!