गुल्मीमा मन्दिरभीत्र ६ वर्षिया वालिका बलात्कृत, अवस्था गम्भीर

Posted on: 14 Mar, 2018

प्रेम सुनार/फागुन ३०, गुल्मी। गुल्मीको ईस्मा गाउँपालिकाकी ६ वर्षिया बालिका वलात्कृत भएकी छन् । हिजो दिउँसो  करिव ४ वजेको समयमा ईस्मा गाउँपालिकावडा नम्वर  ३  नयाँपोखराको हनुमान मन्दिर भित्र ६ वर्षिया वालिकालाई  सोही गाउँपालिका वडा नम्वर वडा नम्वर ४ दर्लामचौरका १७ वर्षिय हिमाल  दर्जीले वलात्कार  गरेको  प्रहरीले जनाएका छ ।


जिल्ला प्रहरी प्रमुख  एसपी अनुरागकुमार  द्धिवेदीले  निजलाई पक्राउ गरी आजै अदालतमा मुद्धा दायर  गरिएको  जानकारी  दिए । वलात्कृत ति ६ वर्षिया वालिकालाको अहिले  जिल्ला अस्पतालमा भर्ना गरिएको  छ ।

त्यस अस्पतालका डाक्टर  सुवोध ज्ञवालीका अनुसार  उनको यौनाङ्ग  सिलाई  गर्नु पर्ने भएकोले पाल्पा रिफर गरिदै छ ।

ज्ञवालीले भने–‘  वालिकाको  तलै सम्म यौनाङ्ग च्यातिएको  छ । सिलाउनका लागि वेहोस पार्नु पर्ने हुन्छ  । उनको उमेर सानै भएकोले यहाँ सम्म नभएर  सर्जिकल कन्सल्टेन्सका  लागि  पाल्पा  प्रवास अस्पतालमा रिफर गरिएको हो । ’

६ वर्षिया वालिकाले समेत सुरुमा ढाँटिन्

अधिकांस महिलाहरु आफु यौन हिंसामा  परेको कुरा दवाउन बाध्य छन भन्ने कुरा यि  वालिकाको बलात्कार घटनाले  देखाएको छ ।  छोरीलाई अस्पताल लिएर आएकी उनकी आमाले  छोरीले धेरैवेर सम्म आफु  लडेर रक्ताम्मे भएको भन्दै  ढाँटेको बताईन  ।

रक्ताम्मे अवस्था बढ्दै गए पछि मलाई शंका लागेर फकाउँदै, सोधे पछि हिमाल अंकलले चाउचाउँ किनेर खान  दिन्छु भन्दै फकाएर  मन्दिर भित्र लगेर  त्यस्तो हिंसा गरेको कुरा बताएको आमाले जानकारी  दिईन । हामी  पुग्दा जिल्ला अस्पतालमा  छोरी  संगै आमाको पनि रुवावासी चलिरहेको थियो । गुल्मीमा सव भन्दा कम उमेर  ६ वर्षिया वालिका वलात्कारको्  घटना पहिलो हो  । यस अघि आफ्नै वावुले ६ वर्षिया  छोरीको वलात्कार उद्योग गरेको घटनाका  विरुद्ध जिल्ला  प्रहरी कार्यालयमा उजुरी  परेको  थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!