बुटवलबाट बुर्तिबाङ आउंदै गरेको बस दुर्घटना, एक महिला बेपत्ता दर्जन घाइते !

Posted on: 20 Mar, 2018

चैत ६, बुर्तिबाङ | बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका- १ गरगरेमा आज बिहान ४:३० बजे रात्री बस दुर्घटना भएको छ।

लु १ ख ७४३९ नंबरको बस बुटवलबाट बुर्तिवाङ सवार यात्रुबाहक रात्रिवस आज विहान ४ बजेर ३० बजे  बुर्तिवाङ नगरपालिका १  गरगरेदेखी भन्ने स्थानमा दुर्घटना भएको छ | बस मोटरबाटो भन्दा २५ मिटर तल बडीगाड खोलामा खसेको बताएको छ । 

 ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाका अनुसार बसमा १५ जना जती यात्रुहरुलाई उद्धार गरी बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुराएर उपचार भैरहेको बताउदै  एक जना भारतिय नागरिकको शरिरिरमा ठूलो घाउ लागेकाले अबस्था गम्भीर रहेको बताए  ।


उनले थपे  एक जना बृद्धा हराईरहेको भन्ने आशंका छ खोलामा खोजिरहेका छौं तर अझै भेटिएको छैन अब मेसिन ल्याएर बस मुनि हेर्ने भनेका छौं । 

करिब १६- १७ जना सवार सो रात्रिबसमा चालक सहित १० जना घाईते भएका छन् । 

घाईतेहरुलाई उपचार भईरहेको बताएको छ । दुर्घटना बसका चालक निदाएर भएको प्रहरीको आशंका छ । 

- बिमल खड्काको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!