विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश

Posted on: 22 Mar, 2018

८ चैत, काठमाडौं । सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरुलाई आफू कार्यरत देशबाटै मतदान गर्ने व्यवस्था गर्न निर्देशनात्मक आदेश दिएको छ ।

न्यायाधीश सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको इजलासले निर्देशनात्मक आदेश दिएको हो ।

मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न र त्यसका लागि आवश्यक तयारी गर्न निर्देशनात्मक आदेश दिएको अधिवक्ता अनुराग देवकोटाले जानकारी दिए ।

यद्यपि आदेशको पूर्ण पाठ आएको छैन ।

वैदेशिक रोजगारमा गएकाहरुको मतदानको हक सुनिश्चित गर्न माग गर्दै ‘सामाजिक न्यायका लागि कानुन नीति नियम मञ्च’ले १४ वैशाख २०७३ मै सर्वोच्चमा रिट दायर गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!