भक्तपुरका भूमिसुधार कार्यालयका नासु घुस लिएको अभियोगमा पक्राउ

Posted on: 23 Mar, 2018

चैत ९, भक्तपुर | भूमिसुधार कार्यालय भक्तपुरका नायब सुब्बा कमल भुजेल आज रु १० हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् । 

चाँगुनारायण नगरपालिका–८ सुडालस्थित जग्गाको मोही नामसारी गर्ने भनी जग्गाधनीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!