जलदेबताले परिचित “रांगमछेलो”

Posted on: 15 Apr, 2018

टेकबहादुर शाही | बैशाख २, डोल्पा | डोल्पाको जगदुल्ला गाउपालिकामा जलदेबताका रुपमा रागमछेलो परिचत देवता मानिन्छन । पूस्तौ पहिले देखि जगदुल्ला गाउपालिकाको चौरिकोटमा ओखरेना भन्ने डाडामा यस जलदेवताको मन्दीर रहेको छ । “सुख्खा खडेरि परेको बेलामा यस जलदेवता रागमछेलोको पुजा तथा आरधना गरेको खण्डमा बर्षाहुने बिश्वास रहेको स्थानीय भिमबहादुर बुढाले ब्यक्त गरे” । 

“निकै शक्तिशाली मानिने रागमछेलो देवताले सन्तान नहुनेलाइ शन्तानको बर्दान समेत दिने र सन्तानको सुखलाभ लिने अर्का पुत्रिलाभ पाएका भक्तजन नन्दबहादुर लामाले जानकारि दिए” । उनले भने बिहेगरेको बर्षौ सम्म पनि कयौ उपचार गर्दा सन्तानको जन्म दिन नसकेको मेरो परिवारमा जलदेवाता रागमछेलो भेटे पछि सन्तानको मुख देख्न पाए ।

बर्षको तिन वटा पूर्णिमामा बिशेष पुजा हुने यस देवताको दर्शन गर्नको लागि बिभिन्न जिल्लाबाट भक्तजनहरु आउने गरेको पुजारी हाँपुली बस्नेतले बताए । उनका अनुसार अहिलेको युगमा देवताको बिश्वास मान्ने थोरै होलान तर रागमछेलोलाइ भेटेपछि सबैले देवाता मान्छु भन्छ । उनि भन्छन दर्शन गरे पछि दैबिक शक्तिको अगाडि सबै झुक्छन किनकी जलदेवाताले कहिले झुटो बोल्दैनन । 


जगदुल्ला गाउपालिकामा अधिकाँश मानिसहरु यस देवताको दर्शन गर्नको लागि घरको काम छोडेर हिडेका हुन्छन । केहि वास बस्ने गरि जान्छन भने कति बिहान गएर साँझ घर फर्किन्छन । दर्शनमा जाने भक्तजनहरु भन्छन सबै दुखको साहरा रागमछेलो देवाता हो हामीले चाहेको पुरा हुन्छ ।

बिहे गर्ने साइत देखि घरनिर्माण,टाढाको यात्रा,ब्यापार लगायत राजनिती गर्नको लागि पनि यस क्षेत्रका स्थानीयहरु जलदेवता रागमछेलो देवादलाइ सोधेर मात्र जाने गर्दछन । करिब ४५ बर्ष उमेर भएका धामी सुरबहादुर बस्नेत लामालामा लटा पालेका हेर्दै डरलाग्ने खालका छन । उनको दिनचर्या नुहाइधुवाइ गर्ने पुजापाठ गर्ने र धामी बस्नेमै सकिन्छ । 

हरेक दिन सयौको सख्यामा पुजापाठ र दर्शन गर्न आउने यस मन्दीरमा स्थानीय सरकार अर्थात गाउपालिकाले ५ लाख ५० हजार नगदमा एक मन्दीर निर्माण गरिदिएको गाउपालिकाका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए । उनले भने जनताको बिश्वास रहेको मन्दीरमा भगवानका लागि धेरै भक्तजन बस्न मिल्नेगरि मन्दीरको निर्माण गरेको बतए । गाउपालिकाको बैठकमा सबै जनप्रतिनिधिले जलदेवता रागमछेलोको मन्दीर निमार्ण गर्नको लागि बिशेष बजेटको ब्वयस्थापन गर्नु पर्ने माग राखे पछि सोहि अनुसार मन्दीरको निर्माण गरेको जगदुल्ला गाउपालिकाको दावी छ । 


बर्षको ३ पटक बिशेष पुजा हुने यस मन्दीरमा सयौको सख्यामा बलि चढाउने गरिन्छ । मनको ईच्छा पुरा हुने र मनैबाट रागमछेलोलाइ बलिदिन मन लाग्ने भएकोले बलि चढाउने गरेको भक्तजनहरु बताउछन ।  बलिचढाउन करकाप त छैन तर देवातका नाममा ल्याएका बलिहरु भने चढाउनलाइ कुनै रोकतोक भने नभएको स्थानीय नरबहादुर बोहोरा बताउछन । उनि भन्छन हाम्रो जोतिष,भगवान जे भनेपनि रागमछेलो नै हो नसोधेर कुनै पनि काम हामी गर्दैनौ । 

दैबिक शक्तिमा निकै प्रख्यात मानिने देवताको मन्दीरमा बिभिन्न खाले ठुलाठुला मुद्धाहरु समेत फैसला हुने गरेको पुजारी हापुली बस्नेतले जानकारी दिए । उनले भने यस क्षेत्रका जनता प्राय उजुरीको लागि प्रहरिकोमा जादैनन चोरेका वा अन्य कुनै पनि किसिमका मुद्धाहरु रागमछेलोले नै फैसला गर्ने गरेका छन । 


“खडेरि परेका बेलामा यस देवतलाइ पुजा गरे पनि पर्ने,दुख पर्दा भाकल गरे मागेको र सोचेको पुरा हुने भएकोले त्याहाका स्थाानीयहरु बिरामी हुने बित्तिकै स्वास्थय सँस्थामा जादैनन” । बिरामी भएको बेलामा पहिले भुत वा देवता लागेको भन्दै धामीकोमा जाने र त्यता निको नभए पछि अन्तीममा स्वास्थ्य चौकिहरुमा जाने गर्दछन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!