विधेयक पेश

Posted on: 16 Aug, 2018

साउन ३१, काठमाडौं | राष्ट्रियसभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘अपराध पीडित संरक्षण विधेयक, २०७५’ पेश गर्नुभएको छ । 

बैठकसमक्ष विधेयक पेश गर्दै मन्त्री ढकालले अपराध पीडितको हक संरक्षण, क्षतिपूर्ति र उनीहरुलाई समाजमा पुनस्र्थापित हुन विधेयकले मद्दत पुर्याउने बताउनुभयो । बैठक राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको अध्यक्षतामा बसेको थियो । 

राष्ट्रियसभाको अर्का बैठक भदौ ४ गते बिहान ११ बजे बस्नेछ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!