आजको बिदेशी मुद्राको विनिमयदर कति छ ? हेर्नुहोस

Posted on: 19 Aug, 2018

भदौ ३, काठमाडौं । आज रियाल, दिर्हाम र दिनारको मूल्य बढेकाे छैन । मलेसियन रिंगिट र कोरियन वन भने आइतबार केही पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ३० रुपैयाँ ०१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रिदर ३० रुपैयाँ ९१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रिदर ३० रुपैयाँ ६४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २६ पैसा र बिक्रिदर २७ रुपैयाँ ४१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रिदर १० रुपैयाँ रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६८ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर ३ सय ७० रुपैयाँ ८९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९६ रुपैयाँ ८३ पैसा र बिक्रिदर २ सय ९८ रुपैयाँ ४२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!