५० बर्षे पुरुषद्वारा १८ बर्षीयसंग एकोहोरो प्रेम: मध्यराति तेजाव छर्केर कुरुवा बसे

Posted on: 19 Sep, 2018

असोज ३, रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा जादोलाल दासकी दुई छोरीमाथि मध्येराति घरमै सुतिरहेका दुई बेला तेजाब आक्रमण भयो । घटनाको विवरण अचम्म लाग्दो छ । 

अज्ञात व्यक्ति ढोका फोरेर दास परिवारको घरभित्र छिरेर १८ बर्षीया सम्झना दास र उनकी बहिनी १५ बर्षीया बहिनी सुस्मितालाई तेजाव छ्यापेर भाग्यो । घटना भएपछि एक जना छिमेकी आएर तेजाव छर्किएको जस्तो छ भन्दै थिए । उनि थिए रामबाबु पासवान । पासवानले नबताउनजेलसम्म के छ्यापिएको भन्ने थाहा समेत थिएन । पासवानकै सहयोगमा दुई दिदि-बहिनीलाई चपुर अस्पताल लगियो । तर त्यहाँ उपचार नहुने भएपछी कीर्तिपुर अस्पताल ल्याईयो । त्यहाँ पनि उनि कुरुवा बस्दै थिए । तर पछी थाहा भयो, एसिड छ्याप्ने अरु कोहि नभएर तिनै रामबाबु पासवान थिए । 


प्रहरीले पासवानलाई अस्पतालबाटै पक्राउ गर्यो । पछी थाहा भयो - पासवानले एकतर्फी प्रेममा परेर प्रेम प्रस्ताव अस्वीकार गरेपछि एसिड आक्रमण गरेका रहेछन् । मंगलबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पत्रकार सम्मेलन गरेर रामबाबुलाई सार्वजनिक गरेको छ । अभियुक्त रामबाबुको उमेर ५० वर्ष छ । उनले १८ बर्षीय सम्झनालाई निरन्तर फोन गर्ने गरेको प्रहरीले जनाएको छ । घटना अघि उनले सम्झनालाई १५ दिनसम्म ११५ पटक फोन गरेका थिए । प्रहरीका अनुसार कल डिटेल हेर्दा सम्झनाले रामबाबुले गरेको फोन उठाएकि थिइनन् । 


२७ गते राति रामबाबु सम्झनाको घरमा छिरेर एसिड छ्यापेर भागेको प्रहरीले बताएको छ । उनले प्रेम प्रस्ताव स्वीकार नगरेको रिसमा तेजाब आक्रमण गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!