दशैं–तिहारमा ‘प्रदेशी रुवाउँछ’ सार्वजनिक

Posted on: 19 Sep, 2018

दीपा चौधरी | असोज ३, काठमाडौं । आउँदै गरेको दशैं–तिहारमा अधारित एक गीतको भिडियो सार्वजनिक भएको छ ।  सुवाश केसीको ‘प्रदेशी रुवाउँछ’ बोलको लोकदोहोरी गीत को भिडियो बुधबार सार्वजनिक गरिएको हो । 

काठमाडौँको अनामनागरस्थित संवाद डबलीमा भएको विमोचन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय लोकदोहोरी प्रतिस्ठान नेपालका निवर्तमान अध्यक्ष चन्द्र शर्माले गीतको भिडियो सार्वजनिक गर्दैै गीतले प्रदेशीको पीडालाई व्यक्त गरेको बताए । उनले यस्ता सन्देशमूलक गीत निरन्तर पस्किनु पर्ने बताए । 

त्यसैगरी राप्ती समाज नेपालका अध्यक्ष शशी शर्मा मच्गैयाले आउँदै गरेको देशैं–तिहारको सन्र्दभमा प्रदेशीको पीडालाई समेटेर गिती भिडियो तयार भएकोमा खुशी व्यक्त गर्दै शुभकामना दिए । 


लोकदोहोरी प्रतिस्ठानका महासचिव समेत रहेका केसीले कार्यक्रममा गीत काल्पनिक कथा नभएर आफरुले विदेशमा भोगेको भोगाईलाई गीतमा उतारेको बताए । “यो गीत कुनै कल्पनिक कथा होइन, म आफूले विदेशमा भोगेको वास्तविक भोगई हो” केसीले भने । 

गीतमा गायीका प्रिती आले र विजय बिरोनो अधिकारीले स्वर दिएका छन् । 

वैदेशिक रोजगारको शिलशिलामा विदेशी भूमिमा नेपालीहरु जीवन भोगाईहरु समेटिएको गीतमा लोकप्रिय मोडल दीपाशा बिसी र महासचिव सुवास केसीको फिचरिङ्ग रहेको छ ।

बिमोचन कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रथम उपाध्यक्ष रामजी खाड, पत्रकारहरु गोबिन्द गिरी, राजु बोहरा, धनराज वास्तविक, महेश भण्डारी, प्रकाश बराईली ‘अभिब्यक्ती’, उमा केशी,  नवराज भन्डारी, भोला अधिकारी, सम्पती लामा, केशर बिश्वकर्मा, पुजा पौडेल, करुणा थापा, तुलशा कार्कीलगायत पत्रकारको उपस्थिति रहेको थियो ।

कार्यक्रम गीतका गायक बिजय बिरानो अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन राजेश बर्देवाले गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!