सुनसरीमा भारतीय समुहद्वारा गोलि प्रहार, एक जनाको मृत्यु

Posted on: 20 Sep, 2018

असोज ४, इटहरी | सुनसरीको भुटाहा गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैयान पब्लिक स्कुलका शिक्षक तथा संचालक  ४५ वर्षीय खुर्सिद आलम रहेका छन् । आलममाथि भारतीय समूहले गोली प्रहार गरेको स्थानीयले दावी गरेका छन्।


भारतबाट आएका चारजनाको समूहले बिहान करिब साढे ११ बजे शिक्षकमाथि गोली प्रहार गरेको स्थानीयले बताएका हुन्। जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको कार्यालयले जानकारी दिएको छ । 

घटनालगत्तै आइपुगेको प्रहरीले गोली प्रहार गर्नेहरूलाई पछ्याएको थियो। १० किलोमिटर पर बन्दुकधारीहरूले प्रहरीमाथि नै गोली प्रहार गरेर भागेका थिए। गोली चलाउने आदेश नभएको भन्दै प्रहरीले उनीहरूमाथि गोली प्रहार नगरेको बताइएको छ। 

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!