दाङमा आफनै बाबुबाट १३ वर्षिया बालिका बलात्कृत

Posted on: 22 Sep, 2018

असोज ६, दाङ | दाङमा आफनै बाबुबाट १३ वर्षिया बालिका बलात्कृत भएकी छन । तुलसीपुर उपमहानगरपालिका–५ की १३ वर्षीया बालिकालाई घरमै पटक–पटक बाबुले बलात्कार गर्ने गरेको तथ्य बाहिर आएको छ । पछिल्लो समय बलात्कारकै कारण योनीमा घाउ आएपछि उपचारका क्रममा आफनै बाबुबाट बलात्कृत भएको  खुल्न आएको हो । 

छोरी बलात्कार गर्ने बाबुलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालयमा बालिका र बालिकाकी आमाले दिएको उजुरीका आधारमा उनलाई  नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

अहिले बालिकाको जिल्ला बाहिर उपचार भइरहेको र रिपोर्टमा समेत बलात्कार भएको पुष्टि भएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!