ठमेलको रात्रि क्लबमा प्रहरीको छापा, संचालकसहित २३ किशोरी प्रहरी नियन्त्रणमा

Posted on: 22 Sep, 2018

असोज ६, काठमाडौं | राजधानीको ठमेलस्थित रात्री क्लब ‘ओनेक्स’मा प्रहरीले छापा मारेको  छ । 

शुक्रवार राती प्रहरीले अनुगमन गर्ने क्रममा कम उमेरका किशोरीलाई काममा लगाएको पाइएको छ | अण्डरएजका किशोरीहरुलाई थोरै तलबमा नाच्न बाध्य बनाएको खुलेसँगै महानगरीय प्रहरी वृत्त दरबारमार्गले सञ्चालक सहित २३ किशोरीलाई नियन्त्रणमा लिएको छ । 

ज्याठास्थित ओनेक्स क्लबमा शुक्रबार राती छापा मारेर १८ वर्षमुनिका २३ किशोरीसहित सञ्चालक काभ्रेको रोशी गाउँपालिका स्थायी घर भएका सत्यमान दोङलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ । 

१८ वर्ष भन्दा कम उमेरका किशोरीहरुलाई रात्री क्लवमा प्रवेश अनुमति नै दिन नहुने कानुनी प्रावधान भएपनि दोङले कम उमेरका किशोरीलाई कामदारको रुपमा प्रयोग गरेका थिए । प्रहरीले छापा मार्ने क्रममा १२ वर्षका किशोरी समेत क्लवमा नाचिरहेको फेला परेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!